LISTEN LIVE RADIO

दाङमा ३० क्युफिट अबैध काठ बरामद



दाङमा ३० क्युफिट अबैध काठ बरामद

दाङ २८ माघ। दाङमा ३० क्युफिट अबैध सालको काठ बरामद भएको छ । घोराही उपमहानगरपालीका १२ स्थित पिरीगाँउ स्थानबाट साल जातको ६ थान गोलिया र ११ थान चिरान गरी जम्मा १७ थान टुक्रा गोलिया तथा चिरान काठको ३० क्यूफिट काठ बरामद भएको हो ।

डिभिजन वन कार्यालय दाङ र नारायणपुर सव डिभिजन वन कार्यालयको गस्ती टोलीले उक्त काठ बरामद गरेको डिभिजन वन कार्यालय दाङका सुचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए। उक्त काठलाई डिभिजन वन कार्यालयमा राखिएको छ ।

साथै काठ चिरानमा प्रयोग गरिएका हाते आरा थान ३, वनचरो थान ३, फलामको खन्ती थान १, मार्किङ्ग डोरी कालो रंगको २ थान, कुटो १ थान, गिरान आरा थान १ बरामद गरिएको सूचना अधिकारी केसीले बताए । काठ तस्करमा संलग्नहरु भने भागेका छन् । उनीहरुको खोजी कार्य भईरहेको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे