LISTEN LIVE RADIO

सल्यानमा मोटरसाइकाल दुर्घटना हुँदा दाङका एक युवकको मृत्यु



सल्यानमा मोटरसाइकाल दुर्घटना हुँदा दाङका एक युवकको मृत्यु

सल्यान १८ कार्तिक । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको मृत्यु भएको छ । सल्यानको लान्तिबाट श्रीनगरतर्फ जाँदै गरेको रा ३ प ४६४९ नम्बरको मोटरसाइकलमा पछाडि सवार अन्दाजी २६ वर्षका पूर्ण रेउलेको जिल्ला अस्पताल सल्यानामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक रेउलेको घर शान्तिनगर गाउँपालिका वडा नं ४ गिदानिया रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयानका प्रहरी निरिक्षक तथा प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए। वायरिङको कामकोलागि उनी हिजो नै दाङबाट गाडीमा सल्यान गएको र लान्तिबाट मोटरसाइकलको लिफ्ट लिई श्रीनगर तर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

सोमबार बेलुका ६ बजेतिर सल्यानको लान्ती बजार नजीक मोटरसाइकल दुर्घटना हुँदा रेउले गम्भीर घाइते भएका थिए । प्रहरीले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्याए पनि डाक्टरले मृत घोषणा गरेको प्रवक्ता वलीले बताए ।

मोटरसाइकल चालक सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १३ अन्तरकाडा निवासी १८ वर्षिय सुमन बुढा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सल्यानले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे