मकवानपुरमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु , १० जना घाइते



मकवानपुरमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु , १० जना घाइते

हेटौंडा २९ फागुन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रीबस र ट्रक एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ । भने दुर्घटनामा १० जना घाइते भएका छन् ।

शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउँदै गरेको ना ६ ख८९ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा बसका चालक वीरगञ्ज महानगरपालिका-१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५/४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा बस र ट्रकका सवार घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे