टरिगाउँ विमान स्थलमा इन्धन डिपोका लागि सम्झौता पत्रमा हस्ताक्षर



टरिगाउँ विमान स्थलमा इन्धन डिपोका लागि सम्झौता पत्रमा हस्ताक्षर

तुलसीपुर २९ फागुन । तुलसीपुरको टरिगाउँ बिमानस्थलमा इन्धनडिपो स्थापनाका लागि आयल निगम र बिमानस्थल कार्यालय बिच सम्झौता भएको छ । डिपो स्थापनाका लागि दाङ बिमान स्थल प्रमुख कैलास शर्मा र इन्धन डिपो तुलसीपुरका प्रमुख सुदिप पोखरेलका बिचमा शुक्रवार सम्झौता भएको हो ।

बिगतका दिनमा  बिमानस्थलमा इन्धनडिपो स्थापना हुने बिषयमा धेरै चर्र्चा भएपनि आज मात्र इन्धनडिपो निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जसको फलस्वरुप अब भने इन्धनडिपो स्थापनाको कामले सार्थकता पाउने देखिएको छ । अब तुलसीपुरमा इन्धनडिपो स्थापनाले सार्थकता पाउने भएपछि महङ्गो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेमा दाङ बिमान स्थलका प्रमुख शर्माले बिश्वास ब्यक्त गरे ।

साथै सोही अबसरमा पत्रकारहरुले अझैपनि निर्माणमा संका उत्पन्न भएको भन्ने जिज्ञासामा प्रमुख शर्माले अब संका नलिन आग्रह गर्दै अब बिमानस्थालमा निर्माण हुने इन्धन डिपोका बिषयमा संका नगर्न बरु अब सकारात्मक सूचना संप्रेषण गर्न आग्रह गरे ।

साथै नेपाल बायुसेवा निगमका स्टेशन प्रमुख नेमकान्त लम्सालले आजको सम्झौताले करिब ६६ बर्षदेखिको इन्धन डिपो सम्बन्धि समस्या अब समाधान हुनेमा आफु विश्वस्त रहेको बताए । उनले बिमानस्थलमा सुरुमा ३ वटा ट्याङकी निर्माण गरिने र एउटा ट्याङ्की ७० हजार लिटर क्षमताको हुने उनले बताए ।

यो बिमानस्थलले केन्द्रसँग प्रतिनिधित्व गर्ने भएकाले अब धेरै कुरामा सार्थकता पाउने   प्रमुख लम्सालले बताए । अब छिमेकी जिल्लाका उत्पादन भित्र्याउन र दाङको उत्पादन बाहिरी जिल्लामा निर्यात गर्न सहज हुने बताए । तुलसीपुरमा हवाइ इन्धन डिपो स्थापना भएमा अन्य बिमान कम्पनीहरु पनि आबद्व भएमा हवाइ भाडामा जनताले राहत पाउनेमा बिश्वास ब्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे