राप्ती सोनारीबाट दाङको देउखुरी दुलही पठाउन हिँडेको बस बाँकेमा दुर्घटना, ३७ जना घाइते



राप्ती सोनारीबाट दाङको देउखुरी दुलही पठाउन हिँडेको बस बाँकेमा दुर्घटना, ३७ जना घाइते

काठमाडौं २९ फागुन। बाँकेकाे राप्ती सोनारी गाउँपालिकाबाट दाङको देउखुरी तर्फ दुलही पुर्‍याउन हिँडेको बस बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा दुर्घटना भएको छ।

ना ३ ख ९७५९ नम्बरको बस शुक्रबार राती दुर्घटना हुँदा ३७ जना घाइते भएको र एक जनाकाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे