LISTEN LIVE RADIO

प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज पोखरा जाँदै



प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाण्डाै १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् ।पोखरामा उनले गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।

यस्तै पार्टीको प्रदेशस्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन पनि गर्ने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । यसअघि हिजो प्रधानमन्त्री ओली ‘नेपाल-चीनमैत्री औद्योगिक पार्क’ शिलान्यास गर्न गृहजिल्ला झापा गएका थिए ।

झापाको कमल गाउँपालिकामा भएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाउन प्रचण्ड- नेपाल समूहलाई चुनौती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे