LISTEN LIVE RADIO

प्रचण्ड-माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा



प्रचण्ड-माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

काठमाडौं २ फागुन । नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।

९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ । यसअघि प्रचण्ड-माधव समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे