LISTEN LIVE RADIO

एसईई राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन गर्ने



एसईई राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन गर्ने

काठमाडौं २८ माघ । राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको हो ।

प्रदेश सरकारसँग आवश्यक समन्वय गरी मन्त्रीपरिषदले विगत झैं राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन गर्ने निर्णय गरेको छ । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नु पर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन सकेको छैन ।

मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको छ ।

सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अगाडि बढ्न बाटो खुलेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे