LISTEN LIVE RADIO

आमहड्ताल सफल बनाउन भन्दै प्रचण्ड पनि सडकमा



आमहड्ताल सफल बनाउन भन्दै प्रचण्ड पनि सडकमा

काठमाण्डौ २२ माघ । नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्केका छन् ।

आफ्नो निवास नजिकै पर्ने ललितपुरको सातदोबाटो चोकमा उनी निस्किएका हुन् । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।अष्टलक्ष्मी शाक्य, हितमान शाक्यलगायतका नेता कार्यकर्तालाई  प्रहरीले बिहानै पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे