बिप्लब नेतृत्वको नेकपा सहित ४ पार्टीले सरकार बिरुद्ध मोर्चाबन्दी गर्ने



बिप्लब नेतृत्वको नेकपा सहित ४ पार्टीले सरकार बिरुद्ध मोर्चाबन्दी गर्ने

काठमाडौ, १४ पुष । नेत्रविक्रम चन्दबिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित चार राजनीतिक दलले सरकार विरुद्ध मोर्चाबन्दीगर्ने निर्णय गरेका छन् । मंगलवार चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमतिभएको हो ।

चारै दलका नेताद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘केपीओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्तमोर्चा निर्माण गर्ने सहमति भएको छ । विज्ञप्तिमा मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाँडै नै घोषणा गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे