संसद विघटनविरुद्ध प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन (फाेटाे फिचर)



संसद विघटनविरुद्ध प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन (फाेटाे फिचर)

काठमाडौं १४ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । ६ प्रदेशमा जिल्ला जिल्लामा प्रदर्शन गरेको यो समूहले बागमती प्रदेशमा भने राजधानीमा मात्र प्रदर्शन गरेको थियो । शक्ति प्रदर्शन मानिएको प्रदर्शनका लागि प्रदेशका विभिन्न जिल्लाहरुबाट समेत कार्यकर्ता ल्याइएको थियो ।

राजधानीको विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपमा आएर आमसभामा परिणत भएको थियो । प्रदर्शनमार्गस्थित सडकमै मञ्च बनाइएको थियो भने पुतलीसडकसम्म प्रदर्शनमा सहभागी नेता कार्यकर्ता बसको थिए । विरोध सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल र बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेकी थिइन् । कार्यक्रम सञ्चालक समेत रहेका नेता योगेश भट्टराईले प्रदर्शन उत्साहजनक रहेको बताए । ‘दुईतीन दिनको तयारीमा देशभर जुन स्तरको सहभागिता भयो, त्यो निकै उत्साहजनक छ’ भट्टराईले भनेका छन् ।

हेर्नुस् याे फाेटाे फिचर

???????????????????
???????????????????

???????????????????
???????????????????
???????????????????
???????????????????
???????????????????
???????????????????
???????????????????
???????????????????
???????????????????

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे