तुलसीपुरमा युवाको कुटपिटबाट महिला गम्भिर घाइते



तुलसीपुरमा युवाको कुटपिटबाट महिला गम्भिर घाइते

तुलसीपुर, १४ पुस । दाङको तुलसीपुरमा युवाहरुको कुटपिटबाट एक महिला गम्भिर घाइते भएकी छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ लामीदमार निबासी ५६ बर्षकी चन्द्रा गिरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । सोही ठाउँका शिव डाँगी लगाएतका २/३ जनाले महिलालाई  साँझ साढे ६ बजे कुटपिट गरेर छोटेदमार पक्की कुलामा फालेको अवस्थामा फेला पारेर आफन्तले उपचारका लागि अस्पताल पु¥याएका थिए । घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे