निर्वाचन आयोगले स्थगित गर्यो मतदाता नामावली संकलन



निर्वाचन आयोगले स्थगित गर्यो मतदाता नामावली संकलन

काठमाडौं ८ पुस । मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको छ । अब अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जनाएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसअघि निर्वाचन आयोगले करारमा समेत कर्मचारी भर्ना गरी ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गरिरहेको थियो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तत्कालका लागि सबै जिल्लाहरुमा मतदाता नामावली संकलनको काम स्थगित गरिएको जानकारी दिए ।

उनले अहिलेसम्म संकलन भएका नामावलीलाई अध्यावधिक गरेर मतदाता सूचीमा समावेश गरिने बताए । यसअघि निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदाधिकारीहरुको नामावली पनि संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे