देउखुरीकाे राजपुरमा प्रधानाध्यापकद्वारा शिक्षिका माथि दुव्र्यबहार



देउखुरीकाे राजपुरमा प्रधानाध्यापकद्वारा शिक्षिका माथि दुव्र्यबहार

राजपुर ७ पुस ।  दाङको राजपुर गाउँपालिका वडा नं. ७ स्थित माध्यामिक विद्यालय सिक्टामा वाल विकासमा अध्यायापन गराउने एक शिक्षिकाले आफूमाथि दुव्र्यबहार भएको आरोप लगाएकी छिन् । आफूलाई विद्यालयका प्रधानाध्यापक विष्णु खत्रीले दुव्र्यवहार गरेको शिक्षिका विशाल खत्रीले बताईन् ।

पुस ५ गते बिहानको समयमा शिसु कक्षामा वालबालिकाहरुलाई पठन–पाठन गराईरहेको बेला प्रधानाध्यापक खत्रीले विद्यार्थीको हाजिरी रजिष्टर खोस्दै ‘तलाई यो विद्यालयमा पढाउने अधिकार छैन भन्दै हातपात गरि कक्षाकोठाबाट बाहिर निकालेको’ समेत आरोप लगाईन् । प्रधानाध्यापक खत्रीबाट पीडित बनेकी शिक्षिकाले मंगलवार लमहीमा पत्रकार सम्मेलन गरि यस्तो बताईन् । केहि महिना अघि विद्यालय व्यवस्थापन समितिले विद्यालयमा अध्ययन गर्ने वालबालिका र शिक्षक–शिक्षिका कसैले पनि कपालमा रातो मेहेन्दी नलगाउने भनेर निर्णय गरेका थिए । तर, शिक्षिका विशालले आफ्नो टाउकाको समस्याका कारण कपालमा हल्का रातो मेहेन्दी लगाएको बताईन ।

प्रधानाध्यापक खत्री सोहि बिषयलाई लिएर केहि बेर बादविवाद गरेका थिए । केहि बेर सामान्य विवाद भएपछी शिक्षिका बिशाल कक्षाकोठा तिर लागेकी थिइन । शिक्षिका कक्षा कोठामा पुगेको केहि बेरमै प्रधानाध्यापक खत्री पछी पछी गएर हेडसरले भनेको नमान्ने त् को होस् ? तलाई यहाँ पढाउने अधिकार छैन, तलाई तुरुन्तै बर्खास्त गर्छु भन्दै लछार पछार गरेको पिडितको भनाई छ । विद्यालयमा घटना घटी सकेपछि पीडित खत्रीले गाउँपालिकाको न्यायिक समिति, शिक्षा शाखा हुँदै प्रहरी सम्म पुगेको उनले बताईन् । गाउँपालिकाको न्यायिक समितिले त्यस प्रकारको मुद्दा हेर्ने अधिकार नभएकोले प्रहरीकोमा जान सुझाब दिएको राजपुर गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक धनपती यादवले बताईन ।

पीडितले न्यायिक समितिले देखाएको बाटो पछ्याउँदै इलाका प्रहरी कार्यालय गढवामा पुगेर जाहेरी दिएको जानकारी दिएकी छन । जाहेरीका आधारमा प्रहरीले प्रधानाध्यापक खत्रीलाई नियन्त्रणमा लिएको छ । जस अनुशार पीडक खत्रीलाई जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप भएर अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले बताए ।

खत्रीले अध्यायापन गराई रहेको राजपुर गाउँपालिका वडा नं. ७ कै बनकट्टी स्थित सुर्योदय प्राथमिक विद्यालयमा विद्यार्थी संख्या घटेर विद्यालय बन्द गर्नु पर्ने स्थिति आयो, त्यहाँ कार्यरत तिन जना शिक्षक मध्ये एक जना माध्यामिक विद्यालय सालाभौरी र खत्री सहित उनकी श्रीमतीलाई राजपुर गाउँपालिकाले माध्यामिक विद्यालय सिक्टा काजमा पठाएको थियो ।

सिक्टाबाट बनकट्टी स्थित सुर्योदय प्राथमिक विद्यालयमा काज फिर्ता गर्न खोज्दा त्यहाँका स्थानीयले विरोध गरेपछि काज फिर्ता नगरेको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए । त्यसपछि माध्यामिक विद्यालय सिक्टाका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बदमासी गरेर अवैधानिक तरिकाले त्यस विद्यालयको प्रधानाध्यापकको जिम्मा दिएको अध्यक्ष केसीले बताए । जसका कारण त्यस विद्यालयमा पटक पटक विवाद उत्पन्न हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे