संसद् विघटनको विरोधमा जसपा दाङकाे आज घाेराहीमा बिराेध प्रदर्शन



संसद् विघटनको विरोधमा जसपा दाङकाे आज घाेराहीमा बिराेध प्रदर्शन

घाेराही ८ पुस । जनता समाजवादी पार्टी (जसपा)ले संसद् विघटनको विरोधमा आज दाङमा प्रर्दशन गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक संसद् विघटनको विरोधमा प्रर्दशन गरेको हो । दाङको ट्राफिक चाेकबाट निस्किएको र्यालीसहितको विरोध प्रर्दशन तुलसिपुरचौकमा गएर कोण सभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गदै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने कार्यलाई असंवैधानिक भएको भन्दै त्यसको विरुद्ध शसक्त आन्दोलन गर्ने बताएका छन । राजपा नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति निणर्य असंवैधानिक, लोकतन्त्र विरोधी र व्यवस्थाकै विपक्षमा रहेकोपनि बताए ।

उनीहरुले संसद विघटना गर्ने असंवैधानिक कार्यलाई तत्काल फिर्ता नलिएसम्मका लागि सरकारको असंवैधानिक कदमको विरोधमा जिल्लाभर विराधका कार्यक्रमलाई निरन्तरता दिने उद्घोष समेत गरेका छन ।

कोणसभालाई जसपाका केन्द्रयीय सदस्यद्धय साेमराज जनैदार, अरुण बाँठामगर, समाजवादी विधार्थी संघकी केन्द्रयीय  उपाध्यक्ष रिता यादव,  समाजवादी पार्टीका नेताहरू जगतराम यादव,  कुलबहादुर घर्ति  र कृष्ण बैरागी लगायतले सम्बोधन गरेका थिए । काेणसभाकाे सञ्चालन पार्टीका जिल्ला अध्यक्ष हाेमप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे