दाङमा प्रचण्ड र माधवका नेता कसरी गए केपी तिर..?



दाङमा प्रचण्ड र माधवका नेता कसरी गए केपी तिर..?

दाङ ७  पुस । केपी वली गुटको मंगलबारको भेलाले महाधिवेशनकालागि केन्द्रीय कमिटि चयन ग¥यो । जसमा दाङबाट पनि १८ जनालाई केन्द्रीय महाधिवेशन कमिटीमा चयन भयो । ति मध्ये तीन जना माधव नेपाल निकट छन्, भने एक जना प्रचण्ड निकट छन् । टिकाराम खड्का, शोभाराम बस्नेत र छबिलाल वली माधव नेपाल निकट हुन् । खड्का माधव नेपालकै गुटबाट जिल्ला अध्यक्ष समेत बने ।

नेकपा दाङको जिल्ला अध्यक्ष बनाउने क्रममा तत्कालिन एमालेका अध्यक्ष खड्कालाई ‘बाइपास’ गर्न केपी वली निकट(शंकर पोखरेलका ज्वाई) शिवकुमार आचार्यलाई प्रयोग गरिएको थियो । शोभाराम बस्नेत पनि माधव समूहकै नेता हुन् । उनी दाङका पूराना बामपन्थी नेता हुन् । उनलाई २०७४ सालमा राष्ट्रियसभामा लैजाने तयारी गरिएको अबस्था थियो । तर, त्यतिबेला पनि उनले राष्ट्रिय सभामा टिकेट पाएनन् ।

त्यसपछि स्व. उत्तर कुमार वलीको ठाउँमा उम्मेदवार बनाउने भन्ने आस्वासन पनि पाए, तर सहानुभूति दिन भन्दै स्व. वलीकै श्रीमति विमला वलीलाई उम्मेदवार बनाएपछि उनलाई राष्ट्रियसभामा लैजाने आस्वासन दिईयो । अन्ततः त्यसमा पनि उनले धोका पाए । २०७० सालको निर्वाचनमा शंकर पोखरेललाई चुनाब हराउन भूमिका खेलेको भन्दै उनलाई पटक–पटक केपी वली समूहले पाखा लगाउँदै आएको थियो । तर, पछिल्लो समय उनलाई लुम्बिनी प्रदेशबाट भूमि सम्बन्धि समस्या समाधान आयोगको केन्द्रीय सदस्य बनाएपछि केपी वली तिर ढल्किएका हुन्, की भन्ने आँकलन गरिएको छ । उद्यपी उनी लामो समयदेखि माधव नेपाल निकट नेता हुन् । छविलाल वली नेपाल समूहबाट संविधान सभा सदस्यकालागि उम्मेदवार समेत बनेका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे बामदेव निकट नेता हुन् । उनले सार्वजनिक कार्यक्रममै भनेका थिए‘मैले मेयरको टिकट पाउनुमा बामदेव कमरेडकै हात छ, उहाँ नै मलाई चुनाब लड्न दाङ पठाउनु भएको हो ।’ पाण्डेलाई केन्द्रीय सदस्यमा राख्नुले बामदेव गौतम पनि केपी वली नजिक हुन थालेका हुन्, की भन्ने आशंका गर्न थालिएको छ ।  यस अघि गौतम प्रचण्ड–माधव समूहमै थिए । तर, पछिल्लो समय उनी तटस्त बस्दै आएका थिए । मंगलबार नै बसेको नेकपा दाङको बैठकले केपी वलीको गैरसंबैधानिक, गैर राजनीतिक कदम भएकाले यसको विरुद्धमा लाग्ने निर्णय गरिएको छ ।

रामजी चौधरी प्रचण्ड निकट हुन् । उनले २०७० सालमा तत्कालिन माओवादी केन्द्रबाटै संविधान सभा सदस्यका उम्मेदवार थिए, भने उनी २०७४ सालको निर्वाचनमा पनि तत्कालिन माओवादी केन्द्रको तर्फबाट समानुपाति उम्मेदवार बनेका थिए । तर, उनी भने पछिल्लो समय केपी वली समूह तर्फ बढि झुकाब रहेकाले कित्ता परिबर्तन गरेको बुझिएको छ ।

ति बाहेक रेवतीरमण शर्मा, अम्मर डाँगी, सरस्वती गौतम, कोमल वली, बिष्णु पौडेल, टोपेन्द केसी, जितेन्द्र नेपाली, मेनका पोखरेल, गिरिराज केसी, शारदा स्वर्णकार, राममणी नेपाली, धु्रव आचार्य, तुलसा केसी भने केपी निकट नै हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे