केपी ओलीमा दक्षिणपन्थी विचलन आयो : नेकपा दाङ



केपी ओलीमा दक्षिणपन्थी विचलन आयो : नेकपा दाङ

दाङ ७ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङले संसद बिघटन गर्नु गैरसंबैधानिक भएको बताएको छ । मंगलबार बसेको जिल्ला पार्टीको बैठकले नेपालको संविधान २०७२ मा जननिर्वाचित प्रतिनिधिसभा विघटनको कल्पना समेत नगरिएको भन्दै संविधानको मर्म र भावनाका विरुद्ध असंवैधानिक तरिकाले विघटन गरिएको भन्दै यसको भ्रत्सना गरेको हो ।

अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले बर्षौ देखिको राजनीतिक अस्थिरतालाई समाप्त गर्न खेलिएको यो भूमिकाले अध्यक्ष ओलीमा दक्षिणपन्थी विचलन आएको र प्रतिक्रिया शक्तिबाट परिचालित भई मुलुकको सिंगो कम्युनिष्ट आन्दोलनप्रति गरिउको गद्धारीका विरुद्ध एकजुट हुन सबैमा अनुरोध समेत गरिएको छ । बैठकपछि अध्यक्ष खड्का, जिल्ला ईञ्चार्ज जीवन गौतम र सचिब तुलसीराम पुन(सुवास)द्वारा जारी गरिएको विज्ञप्तिमा यस्तो बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे