पत्रकार महासंघका अध्यक्ष विपुल पाेख्रेलद्धारा राजीनामा : चुनाव अनिश्चित बन्ने संकेत



पत्रकार महासंघका अध्यक्ष विपुल पाेख्रेलद्धारा राजीनामा : चुनाव अनिश्चित बन्ने संकेत

काठमाडौं २४ भदाै । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पाेख्रेलले राजीनामा दिएका छन् । दोस्रो पटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पाेख्रेलले राजनीनामा दिएका हुन् ।

पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए । नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ ।

यसैका कारण अध्यक्ष पाेख्रेलको राजीनामा आएको स्रोतको दाबी छ । पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो । महासंघ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियो । असोज ५ सहित हाल सम्म तीन पटक निर्वाचनको मिति तोकि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे