नेकपा एकिकृत समाजवादी छोडेका रोका र अधिकारीले घोषणा गरे नेकपा बामपन्थी केन्द्र



नेकपा एकिकृत समाजवादी छोडेका रोका र अधिकारीले घोषणा गरे नेकपा बामपन्थी केन्द्र

भालुवाङ २४ भदौ । नेकपा एकिकृत समाजवादी पार्टी छोडेका मुकुन्दराज रोका र अर्जुन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्रको घोषणा गरेका छन् ।

सोमवार लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले पार्टीको नाम घोषणा गरेका हुन् । संसारका श्रमिक वर्ग एक होऔं भन्ने मुल नारा दिएर घोषित भएको पार्टीको नेता संयोजकमा प्युठानका राजकुमार कक्षपति, अध्यक्षमा दाङका मुकुन्दराज रोका  र महासचिवमा दाङकै अर्जुन अधिकारी रहेका छन् ।

हाल ५१ सदस्य केन्द्रिय समिति विस्तार गरिएकाे छ । अन्य कार्यसमिति सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन । हाल लुम्बिनी प्रदेशका १२ वटै जिल्लालाई समेटेर कार्यसमिति बनाएको र पछि यसलाई सबै प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेकाे अध्यक्ष रोकाले बताएका छन् । ३ जना नेताहरु लामो समय देखि नेकपा एकिकृत समाजवादी पार्टी क्रियाशील रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे