प्रतिनिधिसभाको नियमित काम अघि बढाउने नेकपाका ११४ सांसदको निश्कर्ष



प्रतिनिधिसभाको नियमित काम अघि बढाउने नेकपाका ११४ सांसदको निश्कर्ष

काठमाडौँ  ६  पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

‘प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ । सांसदहरुको भेलाले बुधबार नेकपा स‌ंसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे