दाङको कोरोना अस्पताल बेलझुण्डीमाअब एक्सरे सेवा



दाङको कोरोना अस्पताल बेलझुण्डीमाअब एक्सरे सेवा

दाङ ७ पुस । दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा एक्सरे सेवा सुरु भएको छ । संघीय र प्रदेश सरकार तथा चिनिया बौद्ध भिक्षुहरुको सहयोगमा आजदेखि डिजिटल पोर्टेवल एक्सरे सेवा सञ्चालन गरेको हो ।

यस अघि एक्सरे सेवा नहुँदा विरामीलाई सेवा प्रवाह गर्न समस्या हुने गरेको भन्दै एक्सरे सेवा सञ्चालनमा ल्याईएको निवर्तमान प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले बताईन् । यस अघि कोरोना बिशेष अस्पतालमा एक्सरे सेवा थिएन् । अब भने फोक्सोको अबस्था सहजै हेर्न सकिने उनको भनाई छ ।

त्यस्तै अस्पतालमा थप तीन वटा भेन्टिलेटर जडान गरिएको छ । यस अघि तीन वटा भेन्टिलेटर थिए । भेन्टिलेटर पनि थप भएकाले एकैपटक ६ जना विरामीलाई भेन्टिलेटरमा राख्न सकिने अस्पतालका ब्यबस्थापक दोर्ण वलीले बताए ।

उनका अनुसार सोमबार २० हजार मेडिकल मास्क, एन ९५ मास्क पाँचसय, किट मास्क २५ सय, चस्मा ९५, पीपीई एकसय सेट, फेस सिल्ड एकसय, ग्लोब्स पाँचसय पिस सहयोग गरिएको हो ।

ति मास्कको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष पदम प्रसाद न्यौपाने, निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद सिंह, अस्पतालका व्यबस्थापक विनयकुमार पोखरेललगायतलाई सांसद शाक्यले हस्तान्तरण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे