योजनाका चरण र फरफारकको तरिका बल्ल बुझियो



योजनाका चरण र फरफारकको तरिका बल्ल बुझियो

विकास योजना सम्पन्न गर्न गढवा उपभोक्ता समितिलाई तालिम

शिबराज पन्थी, गढवा ६ पुस ।

देउखुरीको गढवा गाउँपालिका वडानं. १ रङसिङका अबिनास बहादुर कुमाललाई बिकास योजना कसरी आउँछ भन्ने थाहा नभएको बताए । बस्ति स्तरबाट योजना छानेर वडा पालिकाबाट पास भै गाउँसभामा गएपछि योजना पर्छन् भन्ने बल्ल पो थाहा पाइयो–उनले भने ।

योजनाका काम गरेर फरफारक गर्दा भुक्तानीमा ढिलाई हुदा समस्या आउँथ्यो,सबै सिष्टम र कागजात नमिलेर हामीले दुख पाउने गरेका रहेछौं,तालिम लिएर धेरै कुराहरुमा जानकार भइयो । सोही गाउँकै बिकास योजनाको उपभोक्ता समितिमा बस्नु भएकि चन्द्रा कुमालले भने । गढवा २ पचहियाका लक्ष्मी चौधरी र चन्द्रावती चौधरीले चौधरीले १५ प्रतिशत रकम बराबरको उपभोक्ता समितिले श्रमदान गर्नुपर्छ भन्ने पत्तै नभएको बताइन् । विकास योजनाका चरण र फरफारक गर्ने तरिका बल्ल थाहा भयो–उहाँहरुले बताइन् ।

त्यस्तै गढवा २ खौराहाखोला तटबन्धन उपभोक्ता समितिका अध्यक्ष किसुन चौधरीले आयोजना स्थलमा काम सुरु गर्ने बेलामा बोर्ड राख्नु पर्छ र योजना सुरुहुनु अघि र काम सम्पन्न भएपछिको पनि फोटो चाहिन्छ भन्ने पत्तो नभएको बताए । उनी जस्तै गढवा २ को दुर्गम बस्ति चिमचिमेका गिरबहादुर थापा क्षेत्री पहिलो पल्ट उपभोक्ता समितिको अध्यक्ष बनेको र बिकास योजनाको सुरु देखि सम्पन्न गर्ने बेला सम्मका चरणहरु बल्ल थाहा पाएको बताए । उनीहरु जस्तै गाउँघरमा परेका बिकास योजनाका उपभोक्ता समितिमा बस्नुभएका धेरैले बिकास योजनाहरुमा कसरी काम गर्ने र फरफारक कसरी गर्ने भन्ने धेरै कुराहरु तालिमबाट थाहा पाएको बताए ।

देउखुरीको गढवा गाउँपालिकाले आइतबार देखि सबै वडाहरुमा पुगेर विकास योजना सम्पन्न गर्न गठन गरिएका उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष र वडा सचिवहरुलाई समेत तालिम दिन थालेको छ । तालिममा योजनाको छनोट, स्टिमेट, संझौता, अनुगमन, मुल्यांकन, बिल भर्पाइ बनाउने तरिका र फरफारक गर्ने तथा भुक्तानी लिने प्रकृयाका बारेमा गाउँपालिकाका कर्मचारीहरुले अभिमुखिकरण गराएका छन् ।


गढवा गाउँपालिका वडानं. २ का वडाध्यक्ष भक्तु चौधरीको अध्यक्षतामा भएको कायर्यक्रममा बोल्दै विकास योजनाका कामहरु पारदर्शि र गुणस्तरिय बनाउन उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम दिन थालिएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले बताए । आइतबार वडा नं. १ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम दिइएको छ भने सोमवार वडा नं. २ मा तालिम सम्पन्न भएको छ ।

यसैगरी सबै वडाहरुमा गठित उपभोक्ता समितिका मुख्य पदाधिकारीहरलाई तालिम संचालन गर्न थालिएको योजना शाखाका प्रमुख कुलराज कुमालले जानकारी दिए । कार्यक्रममा गाउँपालिकाका प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा, योजना शाखा प्रमुख कुलराज कुमाल, सब इन्जीनियर चन्द्रप्रकाश ओली र सहायक लेखापाल दानबिर चौधरीले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे