सोलुखुम्बुको थामे गाउँमा आएको बाढीमा ७ जनाको उद्धार,१ विद्यालय सहित १४ घर बगायो



सोलुखुम्बुको थामे गाउँमा आएको बाढीमा ७ जनाको उद्धार,१ विद्यालय सहित १४ घर बगायो

काठमाण्डाै ३२ साउन । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा थामेगाउँमा आएको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेका सात जनाको उद्धार गरेको हो । प्रभावित क्षेत्रमा मानवीय क्षति भए/नभएकोबारे विवरण नआएको उनले जानकारी दिए । एक जना बेपत्ता भएको अनुमान गरिएको छ तर प्रभावित क्षेत्रमा थप मानवीय क्षति भए/नभएकोबारे विवरण नआएको उनले जानकारी दिए ।

हिमताल फुटेर लेदोसहितको बाढी आएको अनुमान छ । आज दिउँसो आएको बाढीले एउटा विद्यालय र एउटा क्लिनिकसहित १४ वटा घर बगाएको पछिल्लो विवरण छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा टोली खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे