नेपाल आयल निगमले पेट्रोलमा ५ र डिजल, मट्टीतेलमा ३ रूपैयाँका दरले मूल्य घटायो



नेपाल आयल निगमले पेट्रोलमा ५ र डिजल, मट्टीतेलमा ३ रूपैयाँका दरले मूल्य घटायो

काठमाडौँ ३१ साउन । नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार राति देखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको हो ।

निगमका काठमाडौं उपत्यकामा अब पेट्रोल प्रति लिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँका दरले कारोबार गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे