लमही–घोराही सडक खण्डको जंगलमा बाटे बाघ र चितुवा देखियो : सचेत भई यात्रा गर्न आग्रह



लमही–घोराही सडक खण्डको जंगलमा बाटे बाघ र चितुवा देखियो : सचेत भई यात्रा गर्न आग्रह

देउखुरी ३२ साउन । दाङको लमही–घोराही सडक खण्डको जंगलमा बाटे बाघ र चितुवा देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रवार सामाजिक सञ्जाल फेसबुक मार्फत सुचना जारी गरि सो विषयमा जानकारी गराएको छ । अर्जुन खोला देखि घोराही सम्ममा पर्ने जंगल भित्र बाघ देखा परेकाले पैदल तथा मोटरसाइकलमा यात्रा गर्दा सचेत भई यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे