नारायणघाट-मुग्लिन सडक खण्डकाे भतेरीमा दुई ट्रक ठाेकिंदा दुई जनाकाे मृत्यु



नारायणघाट-मुग्लिन सडक खण्डकाे भतेरीमा दुई ट्रक ठाेकिंदा दुई जनाकाे मृत्यु

काठमाडौं ११ साउन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

बिहान करिब ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय ट्रक एकआपसमा ठोक्किएका थिए ।

नेपाली कन्टेनर ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका–२४ बस्ने अन्दाजी ४० वर्षीय प्रमोद पटेलको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ७ः२० बजे मृत्य भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

भारतीय ट्रकका चालक भारतको उत्तर प्रदेश बस्ने वर्ष २४ को हेहताव आलमको भरतपुर अस्पतलामै उपचारको क्रममा बिहान ७ः२० बजे मृत्यु भएको रिजालले बताए ।

सोहि ट्रकको सहचालक भारतको गोरखपुर बस्ने वर्ष २२ को सावन अहमदको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे