गुरुकुल एकेडेमी तलुसीपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न



गुरुकुल एकेडेमी तलुसीपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

तुलसीपुर १० साउन । दाङकाे गुरुकुल एकेडेमी तुलसीपुरमा समुदाय प्रहरी साझदारी कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने बिभिन्न अपराधिक कृयाकलापको न्युनिकरण गर्न तथा आफ्ना विद्यार्थिहरुलाई यस्ता गतिबिधि गर्न हुँदैन भन्ने कुरा सिकाउन प्रहरी संगको समन्वयमा कार्यक्रम सम्पन्न गरीएको हो ।

विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सम्पन्न समुदाए प्रहरी साझेदारी कार्यक्रमको प्रशिक्षकमा इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भरतनाथ योगी रहेका थिए । कार्यक्रममा सहायक निरीक्षक योगिले बाल विबाह एउटा सामाजिक समस्या भएको भन्दै यस्ता कृयाकलाप नगर्ने बारेमा जानकारी गराएका थिए ।

यस्तै अरुको देखासिकी गर्नाले सत्रुहरु बढ्ने झैझगडा हुने, फजुल खर्च गर्दा आर्थिक भार पर्ने भएका कारण बिभिन्न घटना बढ्ने भन्दै यस्ता गतिबिधिबाट बच्ने बारे बालबालिकाहरुलाई परामर्श समेत दिएका थिए ।

किशाेर अवस्थामा लागु पद्धार्थ सेवन बढि हुने साथिभाईहरुको लहलहैमा लागेर समाजमा बिभिन्न अपराधका घटनाहरु हुने र यसबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउने बिषयमा पनि उनले जानकारी गराएका थिए ।  प्रहरी सहायक निरीक्षक योगीले नागिरकका सुरक्षाका लागि प्रहरीले काम गर्ने भएका कारण नागरीकले पनि सुरक्षामा प्रहरीलाई सहयोग गर्नुपर्ने बताएका थिए ।

विद्यालयले हरेक महिना विज्ञ अतिथि मार्फत बिभिन्न कुराहरुको बारेमा विद्यार्थिहरुलाई प्रशिक्षण दिने तथा सिकाउने मासिक कार्यक्रम अन्तर्गत  आयोजना गरीएको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले बताए ।

साथै उनले प्रहरी संगका कार्यक्रमले अपराधिक कृयाकलापबाट बच्न निकै प्रेरणा मिल्ने र यस्ता खालका गतिबिधि समाजमा नहुने समेत बताए । प्रशिक्षण कार्यक्रममा विद्यालयका सम्पुर्ण विद्यार्थिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे