प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत प्राप्त



प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत प्राप्त

काठमाण्डाै ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदकाे समर्थन प्राप्त गरेका छन्।

आजकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीकाे पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै प्रधानमन्त्रीकाे विपक्षमा ७४ जना सांसदले मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नाे मत जाहेर गरे । आजकाे बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए ।

२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १ सय ८४ जना सांसदकाे समर्थन आवश्यक पर्छ । यस्तै बहुमतका लागि १ सय ३८ सांसदकाे समर्थन चाहिन्छ ।आजकाे प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । यस्तै प्रधानमन्त्रीकाे विपक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका सांसदले मत दिए ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे