कक्षा १२ को नतिजा साउन तेस्रो साताभित्र सार्वजनिक हुने



कक्षा १२ को नतिजा साउन तेस्रो साताभित्र सार्वजनिक हुने

काठमाडौँ  १ साउन । राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो सातासम्ममा कक्षा १२ को नतिजा सार्वजनिक हुने जनाएको छ ।उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए । ‘साउन तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य छ ।, सकभर चाँडै नै हुन्छ,’ उनले भने ।

देशभरबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको बोर्डले जनाएको छ । त्यसलाई रुजु र इन्ट्री गर्दै नतिजा तयार पार्ने काम भइरहेको छ । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन् ।कक्षा १२ मा २०७८ देखि नै उक्त निर्देशिकाअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे