राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण



राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

काठमाण्डाै १ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित भएकाे तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आज आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महशुल विधेयक २०८१ प्रमाणीकरण गरेका हुन्।

यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिएकाे राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा. पोखरेलले दिएकाे राजीनामा राष्ट्रपतिले स्वीकृत गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे