सशस्त्र प्रहरी ज्वालामाई गण भालुवाङकाे २० औँ स्थापना दिवस सम्पन्न, प्रहरी अधिकृत र जवान सम्मानित



सशस्त्र प्रहरी ज्वालामाई गण भालुवाङकाे २० औँ स्थापना दिवस सम्पन्न, प्रहरी अधिकृत र जवान सम्मानित

भालुवाङ २ साउन । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेट क्वाटर ज्वालामाई गण भालुवाङकाे २० औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी गण परिसर भालुवाङमा सम्पन्न भएकाे छ । वि.सं. २०६१ सालमा दंगा प्रहरीका रूपमा स्थापना भएकाे यस गण तालिम केन्द्र हुँदै सशस्त्र प्रहरी बल ज्वालामाई गणका रूपमा स्थापना भएकाे थियाे । तत्कालिन शाही सरकारकाे पालामा सशस्त्र बिद्राेही संग सामना गर्न सशस्त्र प्रहरीका रूपमा स्थापना गरिएकाे थियाे ।

गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक एसपी रमेशकुमार थापाकाे अध्यक्षतामा एवम् सशस्त्र प्रहरी बल नेपाल नं. बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीकाे प्रमुख आतिथ्यतामा मनाईएकाे हाे । साे अवसरमा बाेल्दै प्रहरी नायब महानिरीक्षक खत्रीले सशस्त्र प्रहरीले नागरिकहरूकाे अपेक्षा अनुसार कार्य सम्पादन गर्ने बताए । उनले सशस्त्र प्रहरीले नागरिकका हरेक दुखसुखमा साथ रहने नागरिक संग हातेमालाे र सहकार्य गर्नेमा प्रतिबद्ध रहेकाे समेत बताए । महानिरीक्षक खत्रीले गण स्थापना गर्ने देखि लिएर अहिले सम्म गणलाई यस अवस्था सम्म ल्याई पुर्याउने सबैमा धन्यबाद ज्ञापन गर्दै सहयाेगकाे अपेक्षा समेत व्यक्त गरे ।

स्थापना दिवसकाे अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने एक दर्जन बढी सशस्त्र प्रहरी अधिकृत तथा जवानहरूलाई सम्मान गरिएकाे थियाे । यसरी सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी निरीक्षक केशवकुमार बुढा, सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक जनार्दन अहिर, सशस्त्र प्रहरी बरिष्ठ हवलदार रामलाल शर्मा, सशस्त्र प्रहरी हबलदार प्रमोद चौधरी, कृष्णबहादुर चौधरी, सशस्त्र प्रहरी सहायक हबलदार हरिप्रसाद पंगाली, सशस्त्र प्रहरी नायब निरीक्षक बासुदेव गौतम, सशस्त्र प्रहरी सहायक निरीक्षक झक्कुप्रसाद वली रहेका छन् ।

त्यस्तै सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक विक्रम महतराक्षेत्री, सशस्त्र प्रहरी हवलदार रामदत्त भट्टराई, प्राबिधिक सशस्त्र प्रहरी सहायक हबलदार हिरालाल चौधरी, सशस्त्र प्रहरी सहायक हबलदार सागरध्वज मल्ल, सशस्त्र प्रहरी जवानहरू अम्मर कुँवर, नारायण पौडेल, बसन्त गिरी, गोपाल खड्का, विक्रम पुरी, यमराज पुन, बमकुमारी आले, मुगुबहादुर दर्लामी र राजन चौधरी रहेका छन् । उनीहरूलाई प्रशंसा-पत्र सहित सम्मान गरिएकाे थियाे ।

त्यस्तै स्थापना दिवसकाे अवसरमा आयाेजित विभिन्न प्रतियोगिताका बिजेताहरूलाई पुरूस्कार बितरण गरिएकाे थियाे भने स्थापना दिवसकै अवसरमा आयाेजित रक्तदान कार्यक्रममा रक्तदान गर्ने सशस्त्र प्रहरी अधिकृत तथा जवानहरूलाई समेत प्रमाण-पत्र प्रदान गरिएकाे थियाे । स्थापना दिवसकाे अवसरमा केके समेत काटिएकाे थियाे । स्थापना दिवसकाे पूर्व सन्ध्यामा रक्तदान, विभिन्न खेलकुद कार्यक्रम सहित निलसागर सेवा आश्रममा खाद्यान्न सहयाेग समेत प्रदान गरिएकाे थियाे । साे अवसरमा सशस्त्र प्रहरीका जवानहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।

स्थापना दिवस समाराेहमा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कडेल, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा (विश्वास), प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, विभित्र संघसंस्था तथा पत्रकारहरूकाे समेत उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक आकाश केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे