थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्छु : सभामुख घर्ती



थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्छु : सभामुख घर्ती

भालुवाङ २३ भदौ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गराउनको लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लुम्बिनी प्रदेशका वर्दिया, बाके, दाङ, कपिलवस्तु रुपन्देही, नवलपरासी पश्चिम् आदी जिल्लामा थारु समुदायको घना बसोवास छ। थारु समुदायको बिशेष पर्व बडका अट्वारीको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नु हुँदै सभामुख घर्ती मगरले बिगतमा पछाडि पारिएको थारु समुदायको भाषा, संस्कृति संरक्षण तथा प्रवद्र्धनमा प्रतिवद्ध रहेको र सधै प्रतिवद्ध रहने जनाएका हुन् । नेपाल बहुभाषीक, बहुधार्मिक र बहुसाँस्कृतीक विविधतायुक्त मुलुक भएको र सबै जातजाति भाषाभाषीहरुको आफ्नै मौलिक साँस्कृतीक रितिरिवाज र चाडपर्वलाई संरक्षण गर्नु सबैको दायित्व भएको पनि उहाँले सन्देशमा उल्लेख गरेका छन् ।

“बडका अट्वारी पर्वको अवसरमा देश विदेशमा रहनुहुने सम्पुर्ण लुम्बिनी प्रदेशवासी थारु समुदाय, आमा–बुवा, दिदी–वहिनी, दाजु–भाई, सबैलाई शुभकामना व्यक्त गर्दछु । यो पर्वले थारु समुदायको मौलिक साँस्कृतीक पक्षको उजागर र प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास लिएको छु ।” शुभकामना सन्देशमा उल्लेख छ । भाद्र शुक्ल पक्षको पहिलो आईतवारका दिनमा पर्ने यो पर्वले थारु समुदायको मौलिक पहिचान र संस्कृती संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने सभामुख घर्ती मगरले बिश्वास व्यक्त गरे ।

विगतमा राज्यद्धारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र उहांहरुको हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा महत्वपूर्ण नीति र कानुन निर्माणमा प्रतिवद्ध रहेको उहाँले सन्देशमा उल्लेख गरे । उनले राजनीतिक परिवर्तन, साँस्कृतीक रुपान्तरणका लागि भएका विभिन्न चरणका क्रान्ति, संघर्ष, आन्दोलन र महान् जनयुद्धमा थारु समुदायले खेलेको भूमिकाको उच्च सम्मान व्यक्त गरे ।
पर्वले विभिन्न समुदाय विच भातृत्वको विकास, सामाजिक सद्भाव कायम गर्न तथा पुर्खादेखि चलिआएको संस्कार, संस्कृति तथा परम्परालाई जोगाउनका लागी महत्वपूर्ण भूमिका खेल्ने सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे