भालुवाङमा सशस्त्र प्रहरीकाे कब्जामा रहेकाे जग्गा फिर्ताका लागि संसदमा आवाज उठ्याे 



भालुवाङमा सशस्त्र प्रहरीकाे कब्जामा रहेकाे जग्गा फिर्ताका लागि संसदमा आवाज उठ्याे 

दाङ ३० जेठ । दाङ-देउखुरीकाे भालुवाङमा व्यक्तिकाे जग्गा सशस्त्र प्रहरीले कब्जा गरेकाे बिषय संघीय संसदमा उठेकाे छ । प्रतिनिधिसभाकाे आजकाे बैठकमा शून्य समयमा बाेल्दै प्रतिनिधिसभा सदस्य मेटमणि चाैधरीले सशस्त्र प्रहरीकाे कब्जामा रहेकाे व्यक्तिकाे जग्गा तत्काल फिर्ता गर्न माग गरेका छन् ।

उनले देशमा शान्तिपक्रृया आईसकेकाे यतिका समय सम्म पनि जनताले आफ्नाे जग्गा फिर्ता नपाउनु अत्यन्तै दुखद बिषय भएकाे बताए। उनले भने “१७ घरपरिवारकाे ६ बिघा ७ कट्ठा जग्गा अहिले सम्म पनि सशस्त्र प्रहरीकाे कब्जामा छ ? पिडितहरू लालपुर्जा बाेकेर कहिले गृह मन्त्रालय त कहिले सशस्त्र प्रहरीकाे हेडक्वाटर धाइरहेका छन् । आफ्नाे नामकाे जग्गा प्राप्तीका लागि पिडित जग्गाधनीहरू निकै संघर्ष गरिरहेका छन् ।  जनताले आफ्नाे जग्गा कहिले फिर्ता पाउँछन् ? सरकार संग प्रश्न गरे । सांसद चाैधरीले जग्गा पिडितहरू अहिले सम्म पनि उक्त जग्गाकाे कर तिरिरहेकाे भएपनि आफ्नाे जग्गा उपभाेग गर्न नपाएका बरू जग्गा फिर्ता माग्दा उल्टै धम्कीकाे सामना गर्नु परेकाे बताए । सांसद चाैधरीले तत्काल जग्गाधनीहरूलाई जग्गा फिर्ता गर्न सरकार संग जाेडदार माग समेत गरेका छन् ।

लुम्बिनी प्रदेशको राजधानीस्थल दाङ—देउखुरीको भालुवाङमा सशस्त्र द्वन्द्वका क्रममा सशस्त्र प्रहरी बलको ज्वालामाई गण स्थापना भएपछि त्यहाँ बसीरहेका १७ घर परिवार बिस्थापित भए । वि.सं. २०५८ सालमा सशस्त्रद्वन्द्वकाे कारण देउखाउँदै  सशस्त्र प्रहरीले व्यक्तिकाे जग्गा कब्जा गरी गण स्थापना गरेपछि त्यहाँ बस्दै आएका स्थानीय १७ घर परिवार बिस्थापित भएका हुन् ।  देशमा द्धन्द्ध सकिएर गणतन्त्र स्थापना भएको यतिका बर्ष भइसक्दा पनि ती परिवारले अहिले सम्म पनि आफ्नो जग्गा फिर्ता पाउन सक्नु भएको छैन । उनीहरुले अहिले सम्म पनि ६ बिघा ७ कठ्ठा जग्गाको कर तिरिरहनु भएको छ, तर भोगचलन भने गर्न पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे