LISTEN LIVE RADIO

काठमाडौंकाे दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गर्दैगर्दा १ जना पक्राउ



काठमाडौंकाे दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गर्दैगर्दा १ जना पक्राउ

काठमाडाैं २७ मंसिर । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले उक्त एटीएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे