LISTEN LIVE RADIO

चिसोले कठ्यांग्रिएर रौतहटमा एक जनाको मृत्यु



चिसोले कठ्यांग्रिएर रौतहटमा एक जनाको मृत्यु

रौतहट २७  मंसिर । अत्यधिक चिसोको कारण कठ्यांग्रिएर रौतहटमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरिया नगरपालिका वडा नम्वर २ जमुनिया घर भएका ६५ वर्षीय सुखारी सिंह रहेको प्रहरीले जनाएको छ।

मृतक सिंह बिगत केही समयदेखि रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ६ बजारको सडक पेटीमा बस्दै आएका थिए। पेटीमा बस्ने गरेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

मागेर गुजारा चलाउदै आएका सिहंकी श्रीमतीले आँखा देख्दिनन्। पछिल्लो समय रौतहट सहित प्रदेश २ मा अत्यधिक चिसो बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे