लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई भेटेर राउटे दिलबहादुरले मागे दसैं खर्च



लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई भेटेर राउटे दिलबहादुरले मागे दसैं खर्च

दाङ २ असाेज । सुर्खेतका ६० बर्षिय राउटे दिलबहादुर शाहीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर दसैं खर्च मागेका छन् ।

मुख्यमन्त्री आचार्यलाई  भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आईपुगेका शाहीले । दसैं खर्चका माग्न आएका शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसी उपहार समेत दिएका छन्। सुर्खेतमा बस्दै आउनु भएका शाही मुख्यमन्त्रीलाई भेट्न बुधवार यहाँ आईपुगेका हुन् । ‘यो काठको कोशी हो । हातैले बनाएको । यस्तो कोशी बनाउन थालेको धेरै भइसक्यो’उनले भने,‘मुख्यमन्त्री ज्यू, दसैं त आईहाल्यो त । खर्च चाहियो ।’ दसैं खर्च माग्न यसपाली शाही एक्लै लुम्बिनी प्रदेश सम्म आईपुगेका छन् ।

‘साथीहरु आउन थालेका थिए । गाडी चढ्न डराए’उहाँले भन्नुभयो,‘मरे मै मरुला भनेर आएँ ।’ राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् । राउटे समुदाय हरेक बर्ष दसैंको खर्चको लागी प्रदेश सरकारमा धाउदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रो संग दसैं मनाउन दिलहादुर मार्फत सन्देश पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे