उपचुनाव हुने निर्वाचन क्षेत्रमा आइतवार सार्वजनिक बिदा



उपचुनाव हुने निर्वाचन क्षेत्रमा आइतवार सार्वजनिक बिदा

काठमाण्डाै ८ वैशाख । प्रतिनिधि सभा सदस्य उपचुनाव हुने तीन वटा निर्वाचन क्षेत्रमा आइतवार सार्वजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले आज शुक्रवार एक सूचना निकालेर सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपचुनाव हुँदैछ । मतदान स्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गते सम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे