राप्ती कृषि तथा पशुपंक्षी कृषक समूह गठन, नव गठित समुहको अध्यक्षमा आचार्य चयन



राप्ती कृषि तथा पशुपंक्षी कृषक समूह गठन, नव गठित समुहको अध्यक्षमा आचार्य चयन

भालुवाङ ८ वैशाख । दाङको राप्ती गाउँपालिकामा पालिका स्तरीय राप्ती कृषि तथा पशुपंक्षी कृषक समूह गठन गरिएको छ ।

शुक्रबार राप्ती गाउँपालिका ३ मसुरीयामा कृषकहरूको एक भेलाले लक्ष्मण आचार्यको अध्यक्षतामा १३ सदस्यीय कृषक समूह गठन गरिएको छ । किसानहरूको जीवन स्तर माथि उकास्न तथा कृषि र पशुपंक्षीको क्षेत्रमा  आधुनिकीकरण गर्न कृषक समूह गठन गरिएको छ ।

नव गठित समुहको उपाध्यक्षमा वुदा भट्टराई, सचिवमा संन्दिप अधिकारी, कोषाध्यक्षमा नुमानन्द पाैडेल रहेका छन् । त्यसै गरि सदस्यहरूमा मोहन अधिकारी, बसन्ता शर्मा, राजेन्द्र चाैधरी, बसन्ता रिजाल, सेमकला खनाल, मधुसुदन अधिकारी, हिमलाल सुवेदी, कृष्ण आचार्य, डिल्लीराज चाैधरी रहेका छन् । भने समुहको प्रेस सल्लाहकारमा पत्रकार ओमप्रकाश गुप्तालाई चयन गरेको छ ।

त्यस्तै भेलाले समुहको नियमित बैठक प्रत्येक महिनाको पहिलो शुक्रबार दिउँसो १ बजे बस्ने, हितकोष सञ्चालन गर्ने, गाउँपालिका र जिल्ला प्रशासन कार्यालय दाङमा समूह दर्ता गर्ने, संस्थाको लोगो र छाप तयार गर्ने लगायतको निर्णय समेत गरेको छ । भेलामा पशुपंक्षी र कृषि व्यवसायी गर्दै आएका किसानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे