राप्ती गाउँपालिकाद्वारा ९ नम्बर वडाका १३ विपन्न घरपरिवारलाई निशुल्क साेलार वितरण



देउखुरी ८ वैशाख । दाङको राप्ती गाउँपालिकाले वडा नम्बर ९ का विपन्न १३ घरपरिवारलाई निशुल्क सोलारबत्ती वितरण गरेको छ ।

विद्युत नपुगेकाे लामखाेला गाउँका १३ घरपरिवारलाई शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सो सोलार बत्ती वितरण गरेका हुन् । साेलार बत्ती वितरण गर्दै गाउँपालिकाका अध्यक्ष विष्टले सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यले पालिकाले साे साेलार बत्ती वितरण गरेको बताए ।

अध्यक्ष विष्टले अझैसम्म पनि गाउँपालिकाकाे कतिपय ठाउँहरुमा विद्युत विस्तार हुन बाँकी रहेकाले त्यस्ता ठाउँमा विद्युत विस्तार गर्नका लागि आफुले पहल गरिरहेकाे बताउँदै सम्भवत आगामी आर्थिक वर्षमा साे कार्यकाे शुरुआत हुने बताए ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले पालिकाले निशुल्क रुपमा प्रदान गरेकाे साेलारबत्तीलाई सहि तरिकाले प्रयाेग आग्रह गरिन् । पालिकाले विद्युत विस्तार गर्न बाँकी रहेको ठाउँका विपन्न परिवार पहिचान गरी प्रत्येकलाई ५० वाट क्षमताका साेलार वितरण गरिएको हाे। उक्त गाउँमा विद्युत विस्तार नहुदा वर्षै देखि स्थानीयहरु घन्टाै पैदल यात्रा गरेर माेबाईल चार्ज तथा अन्य विद्युतीय कामकाे लागि देवीकाेट आउनुपर्ने बाध्यता रहेकाे छ ।

सोलार वितरण भए सँगै त्यस्ता कतिपय कामहरु समाधान हुने र उनीहरुको दैनिक जीवनयापनमा समेत सहज हुने वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरले बताए ।गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीय हर्षित समेत भएका छन् । उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओली, कार्यपालिका सदस्य रणबहादुर पुजाली, समाजसेवी चित्रबहादुर थापा मगर, सुरेश चाैधरी लगायतकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे