पूर्वयुवराज पारस शाह १८ गते दाङ आउने, राजावादीहरु सकृय



पूर्वयुवराज पारस शाह १८ गते दाङ आउने, राजावादीहरु सकृय

घोराही १३ मंसिर । पूर्वयुवराज पारस शाह १८ गते दाङ आउने भएका छन् ।  पूर्वयुवराज शाह दाङ आउने भएपछि जिल्लामा राजावादीहरु सकृय भएका छन् ।

यता दाङको घोराहीमा भएको एक भेलाले हिन्दूराष्ट्रको पक्षमा वकालत गरेको छ ।भोलानाथ योगीको अगुवाइमा भएको भेलाले आगमी मंसीर १८ पूर्वयुवराज पारस शाहको दाङमा हुन लागेको भ्रमण सफल पार्न सकृयताका साथ लाग्ने निर्णय पनि गरेको छ । वर्तमान सरकार आपसी विवादमा फसेका बेला पूर्वराजावादीहरु पछिल्लाे समय राजतन्त्र फर्काउन सकृय हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे