नयाँ तथा रोचक विषय वस्तु थप्न देउखुरी टुडेलाई सुझाव



नयाँ तथा रोचक विषय वस्तु थप्न देउखुरी टुडेलाई सुझाव

विरेन्द्र गिरी, सिसहनियाँ १३ मंसिर ।

देउखुरी टुडे डटकमलाई नयाँ तथा रोचक विषय वस्तु थप्न समाचारदाताहरूले सुझाव दिएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको एक मात्र आधिकारीक अनलाइन मिडिया देउखुरी टुडे डटकमलाई समाचारदाताहरूले यस्तो सुझाव दिएका हुन् ।

देउखुरी टुडे सञ्चार प्रालिद्वारा सञ्चालित देउखुरी टुडे डटकमको सम्पादक मण्डल र समाचारदाताहरूको शनिवार राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको सभाहल सिसहनियाँमा बसेको समिक्षात्मक बैठकमा आफ्ना सुझाव राख्दै उनीहरूले यस्तो सुझाव दिएका हुन् ।

प्रालिका अध्यक्ष तथा देउखुरी टुडे डटकमका प्रधान सम्पादक सन्तोषकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले देउखुरी टुडे देउखुरी उपत्यकाको मात्र नभई लुम्बिनी प्रदेशको गहना भएकोले यसको निरन्तरता र स्थायीत्वका लागि पनि अन्य अनलाइन भन्दा छुट्टै पहिचान बनाउन नयाँ नयाँ विषय वस्तु, सत्य तथ्य समाचार र सवैलाई हेरू हेरू लाग्ने सामाग्री प्रकाशन गर्नुपर्ने, फरक क्षमता भएका व्यक्तिहरूको क्षमतालाई कुनै पनि मिडियाले दवाउन नहुने बताएका छन् ।

त्यसै गरि उनीहरुले क्षमताको आधारमा सबैले काम गर्न पाउनु पर्ने, रिपोर्टिङ गर्ने क्रममा न्यूजको विश्वसनियता अध्ययन गरेर मात्र समाचार प्रकाशन गर्नुपर्ने, आवश्यक सेवा सुविधा उपलब्ध गराउनुपर्ने , छिट्टै परिचय पत्र उपलव्ध गराउनुपर्ने, समयको माग अनुसार फरक फरक विषय वस्तुहरू समावेश गरी सबैलाई समेट्नुपर्ने सुझाव दिएका छन् ।

त्यसै गरि बैठकले खोजमुलक समाचारहरुलाई विशेष महत्वका प्रकाशन गर्नुपर्ने, सवै विधाका विषयबस्तुहरु समावेश गरी सवै वर्ग र पक्षहरुको अपनत्व हुने गरी साझा अनलाइन मिडिया हाउसको रुपमा विकास गर्न समेत सुझाव दिएका छन् ।

बैठकमा मुख्य समाचारदाता श्रवण बस्नेत, विरेन्द्र गिरी, जमिर शाहा, समाचारदाता रितु राना, कार्यालय प्रमुख अंशु बोहरा, प्राविधिक तथा डिजाइनर हरिबहादुर कुमाल लगायतको उपस्थिति रहेको थियो भने बैठकको सहजीकरण देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे