LISTEN LIVE RADIO

आज विश्व सिमसार दिवस, सहरीकरण र संरक्षण अभावमा सिमसार क्षेत्र मासिँदै



काठमाण्डाै १९ माघ । आज विश्व–सिमसार दिवस मनाइँदैछ । पर्यावरण र जलाधारका लागि सिमसारको भूमिका महत्त्वपूर्ण मानिन्छ । ‘मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरूका रुपमा सिमसार क्षेत्रहरुको जगेर्ना’ भन्ने नाराका साथ यसवर्षको सिमसार दिवस मनाउन लागिएको हो ।

सिमसार पानी र जमिन मिश्रित दलदल भू–भाग हो । जुन बाह्रै महिना ओसिलो र धापिलो हुन्छ । यस्ता सिमसार क्षेत्रहरूहरु दुर्लभ चरा–चुरुङ्गीहरुको पनि मुख्य बासस्थान मानिन्छ ।

नेपालको सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साइबेरियादेखि चराहरु आइपुग्ने गरेका विभिन्न अध्ययनहरूले देखाएको छ । यसबाहेक सिमसारले बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ ।

नेपालमा ठूला–साना गरी झण्डै ४ हजार सिमसार क्षेत्र छन् । विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार क्षेत्र दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशी टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से-फोक्सुन्डो ताललगायत सिमसार क्षेत्र हुन् ।

तर नेपालका सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ । सहरीकरण तथा संरक्षणको अभावमा पछिल्ला वर्ष सिमसार क्षेत्र मासिँदै गएका विज्ञले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे