LISTEN LIVE RADIO

लमही महोत्सवकाे आज आठौँ दिन चर्चित लाेकदाेहाेरी गायक पशुपति शर्मा आउँदै



लमही १९ माघ । देउखुरीकाे लमहीमा जारी छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आज आठौँ दिन चर्चित लोक दोहोरी गायक पशुपति शर्मा आउँदैछन् । देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको महाेत्सवमा  चर्चित लोकदोहोरी गायक शर्मा संगै दोहोरी गायक चोलेन्द्र पौडेल, घनश्याम रिजालको पनि प्रस्तुति रहने महाेत्सवका प्रेस संयाेजक प्रियास्मृत गजमेजरले जानकारी दिएका छन् ।

साथै लोक दोहोरी गायक ढाकाराम पौडेल दुई दिन देखि लमही महोत्सवमा कार्यक्रम संचालनको भूमिकामा रहेका छन् । त्यस्तै उनी संगै अनुप बुढा, दीपक वर्माले पनि आ-आफ्नो प्रस्तुति दिई रहेका छन् । पछिल्लो पुस्ताकी चर्चित डान्सर नारायणी खत्रीले दर्शकलाई मनोरंजन दिलाई रहेकी छिन् । साथमा सगरमाथा डान्स ग्रुपको बेजोड धमाका रहने मेला व्यवस्थापक बिनोद बुढाथोकीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे