LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाबाट सवारी ज्यान मुद्दाका फरार २ जना पुरुष ८ वर्ष पछि पक्राउ



भालुवाङ १८ माघ । दाङको देउखुरीमा सवारी ज्यान मुद्दाका फरार २ जना पुरुष ८ वर्ष पछि पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ६ मझरिया बस्ने नारद कुमार चौधरी र सोही पालिकाको वडा नम्बर ८ पिपरी बस्ने पर्सुनाथ चौधरीलाई मंगलवार इलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको हो । प्रहरी प्रमुख सुजनविक्रम शाहको कमाण्डमा खटिएको टोलीले लुकिछिपी घरमा बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा प्रतिवादी नारद कुमार चौधरीलाई दाङ जिल्ला अदालतले २०७० माघ २९ गते र अर्का प्रतिवादी पर्सुनाथ चौधरीलाई २०७० माघ २३ गते कैदको सजाय तोकेको थियो । पक्राउ परेका दुवै जनालाई दाङ जिल्ला अदालतमा पेश गरि कैद भुक्तानको लागि जिल्ला कारागार घोराही दाङमा पठाईएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे