हेटौंडाबाट दिपक मनाङेकी श्रीमती पक्राउ



हेटौंडाबाट दिपक मनाङेकी श्रीमती पक्राउ

काठमाडौं १० मंसिर । प्रहरीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिन गएका बेला उनलाई पक्राउ गरिएको हो ।

मकवानपुरका एसपी सुशील सिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीले पठाएको फरार सूचीको पत्र अनुसार उनलाई पक्राउ गरिएको हो । ‘उहाँ अरु कुनै विषयको उजुरी लिएर आउनु भएको थियो, त्यसक्रममा उहाँ फरार सूचीमा भएको थाहा पाएपछि पक्राउ गरेका हौं’, राठौरले भने । उनी लामो समयदेखि हेटौंडा–१२ मा रहेको माइतीमा बस्दै आएकी थिइन् । उनलाई कास्कीमा पठाउने तयारी गरिएको एसपी राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे