गढवा गाउँपालिका बिपद् ब्यवस्थापन लेखाजोखा कार्यदलको बैठक सम्पन्न



गढवा गाउँपालिका बिपद् ब्यवस्थापन लेखाजोखा कार्यदलको बैठक सम्पन्न

शिवराज पन्थी, गढवा १० मंसिर ।
गढवा गाउँपालिका बिपद् ब्यवस्थापन समिति अन्तर्गत क्षति तथा आबश्यकता लेखाजोखा कार्यदलको बैठक बुधवार गढवा गाउँपालिकामा सम्पन्न भएको छ । नवजागरण महिला तथा वाल संरक्षण केनद्र तुलसीपुरको आयोजनामा बैठक सम्पन्न भएको संस्थाका कार्यक्रम अधिकृत उमेश खरेलले जानकारी दिएका छन् ।

बैठकले बिपद् ब्यवस्थापन अन्तर्गत क्षती तथा आबश्यकता लेखाजोखा कार्यदलमा जनप्रतिनिधि र प्रहरीको सहभागिताको आबश्यकता महसुस गर्दै बिपद् ब्यवस्थापन समिति समक्ष थप गर्न सिफारिस गर्ने, चिसो मौसम सुरु भएसंगै सितलहरको प्रकोपबाट बच्न सचेतना स्वरुप स्थानीय संचार माध्यममा जिंगल प्रसारण गर्न गाउँपालिका र सामाजिक संघ संस्थाहरुलाई अनुरोध गर्ने तथा प्रभावित घरधुरी पहिचान तथा लेखाजोखा गरि राहत बितरणको प्याकेज बनाउन बिपद् बयवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको बैठक पछि न्यूसिपिसी तुलसीपुरका कार्यक्रम प्रबन्धक उमेश खरेलले जानकारी दिएका छन् ।

बैठकले कोभिड–१९ को उच्च जोखिमबाट बच्न समुदाय स्तरमा थप सचेतना प्रबाह गर्ने र स्वास्थ्य सुरक्षा र सतर्कता बढाउने कार्यका लागि सबैमा अनुरोध गरेको छ । बैठकको सहजीकरण सामाजिक परिचालक सिता थापाले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे