आज र भोली दाङमा ६ महिना देखी ५ बर्ष सम्मका बच्चालाई भिटामिन ए खुवाईदै



आज र भोली दाङमा ६ महिना देखी ५ बर्ष सम्मका बच्चालाई भिटामिन ए खुवाईदै

भालुवाङ ११ मंसिर । दाङमा आज र भोली सरकारले ६/६ महिनामा खुवाउँदै आएको भिटामिन ए, जुकाको औषधी र बालविटा खुवाईदै छ । जिल्लामा यस पटक  साढे ५८ हजार बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईन लागेकाे हाे । ।

स्वास्थ्य कार्यालय दाङका अनुसार २ दिन ६ महिना देखी ५ बर्ष सम्मका ५८ हजार ५ सय ७१ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने तयारी भएको छ । भिटामिन ए सँगै एक बर्ष देखी ५ बर्ष सम्मका ५१ हजार ५ सय ६९ जनालाई जुवाकाको औषधी र ६ महिना देखी २३ महिना सम्मका १९ हजार ७ सय ६७ जना बालबालिकालाई बालविटा खुवाउने तयारी भएको कार्यालयका जनस्वास्थ्य नर्स सीता कुँवरले जानकारी दिइन् ।

जिल्लाका दश स्थानिय तहहरुको समन्वयमा ९ सय ३३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुले ति बालबालिकालाई भिटामिन ए, जुकाको औषधी र बालविटा खुवाउने भएका छन् । विद्यालय, चौतारी, सार्वजनिक भवनहरुमा केन्द्र बनाई खुवाउने तयारी भएको उहाँले जानकारी दिइन् ।

यस्ता अभियानमा सरदर ९० प्रतिशत बालबालिका मात्रै सहभागि हुने गरेका छन् । जनचेतना नहुदा, केन्द्रको दुरी टाढा हुदा र जानकारीको अभाबमा औषधी सेवन र खोप कार्यक्रमबाट बालबालिका बन्चित हुने गरेका छन् ।

यसैविच देशभर २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल, ६ लाखलाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने परिवार कल्याण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे