तराईका जिल्लाको मौसम सफा हुँदै, हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना



तराईका जिल्लाको मौसम सफा हुँदै, हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना

काठमाण्डाै २४ पुस । तराईका जिल्लामा केही दिनदेखिको शीतलहर हटेर मौसम सफा हुने अनुमान गरिएको छ । लामो समयदेखिको बाक्लो हुस्सु कुहिरोका कारण तराई मधेसको जनजीवन प्रभावित भएको थियो ।

आजदेखि भने मौसममा सुधार आइ बाक्लो हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिइन् । उनका अनुसार बिहानको समयमा हुस्सु कुहिरो लागे पनि दिउँसाे घाम देखिने सम्भावना छ। तर, केही ठाउँमा भने बाक्लो हुस्सुको लाग्ने अनुमान पनि छ ।

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताइन् । यस्तै आज काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम पनि सफा रहने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिइन् । आज दिउँसाे पारिलो घाम लाग्ने सम्भावना छ ।

मौसम सफा हुन थालेसँगै न्यूनतम तापक्रम भने घट्न थालेको छ । बिहान पौने ६ बजेको काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव २  डिग्री सेल्सियस मापन गरिएको छ ।  हिजो २ दशमलव ५ डिग्री सेल्सियस थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे