प्रदेश १ का सांसदले पद तथा गाेपनीयताकाे शपथ लिए



प्रदेश १ का सांसदले पद तथा गाेपनीयताकाे शपथ लिए

काठमाण्डाै ११ पुस । प्रदेश नं १ का सांसदले आज साेमवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश सांसदले दिउँसो साढे १ बजे शपथ लिएका प्रदेश सभा सचिवालयले जनाएको छ ।

शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्य मध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराएका थिए । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराए।

प्रदेश सभामा पाँच जना सांसदले मातृभाषामा शपथ लिएका छन् । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा (यक्थुम/लिम्बू) मा शपथ लिएका हुन्। नवनिर्वाचित सांसदका लागि प्रदेश सभा हल एवम् सचिवालय रङ्गरोगन गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे