LISTEN LIVE RADIO

पहाडी र हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना, पदयात्रामा जाँदा ध्यान दिन सुझाव



पहाडी र हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना, पदयात्रामा जाँदा ध्यान दिन सुझाव

काठमाण्डाै २८ कार्तिक । आज हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रामा जाँदा ध्यान दिन मौसमविद्काे आग्रह छ । प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

वर्षा र हिमपातले चिसो झन् बढाउने भएकाले पद यात्रा र पर्वतारोहणमा जाँदा ध्यान दिन उनको सुझाव छ । अहिले पद यात्रा र पर्वतारोहणमा जानेहरुको सङ्ख्या बढ्दै गएको छ । मौसमविद्ले यसरी यात्रामा जानु अघि मौसमको अवस्थाबारे थाहा पाइराख्न पनि आग्रह गरेका छन्  ।

पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढ्न थालेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । काठमाण्डौको मौसम पनि आंशिक बदली हुने अनुमान रहेको मौसमविद् वरुण पौडेलले बताए  ।

अहिले बिहान भने काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि तराईका जिल्लामा भने पारिलो घाम लाग्ने मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे